वडासदस्यमाथि श्रीमती कुटेको आरोप
रामेछापको खाँडादेवी गाउँपालिकाका वडा सदस्य मिलन केसीमाथि घरेलु हिंसाको आरोप लागेको छ ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित केसीले श्रीमती मेनुका धिमाललाई गएराति कुटपिट गरेका हुन् । उनले यसअघि पनि बारम्बार घरेलु हिंसा गर्दै आएको बताइन्छ ।
हाल दुवै पक्षलाई राखेर छलफल भइरहेको इलाका प्रहरी कार्यालय, माकादुमले जनाएको छ । सामान्य भनाभन मात्र भएको प्रहरीको दाबी छ ।
टिप्पणीहरू