गणपूरक संख्या नजुटेपछि बजेटमाथिको छलफल प्रभावित

गणपूरक संख्या नजुटेपछि बजेटमाथिको छलफल प्रभावित

सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि बैठक प्रभावित भएको हो ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक करिब एक घण्टा ढिलो गरी बसेको थियो । त्यसमा पनि सबै सांसदहरु उपस्थित नभएपछि अर्को बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि १४ जना सदस्य आवश्यक हुन्छ । तर, आजको बैठकमा सभामुखसहित दश जना सदस्यको मात्रै सहभागिता रहेको थियो । त्यसपछि सभामुख अर्जुन बहादुर थापाले गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरेका हुन् ।

सुदूरपश्चिममा बजेटलाई लिएर सत्तापक्षकै सांसदहरु असन्तुष्ट छन् । अस्तिदेखि नै बोलाइएको बैठक सांसदहरुको अवरोधका कारण पटक-पटक स्थगित भईरहेको छ । आज पनि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका कुनै पनि सांसद बैठकमा उपस्थित भएनन् ।

प्रदेशसभामा ५३ जना सदस्य छन् ।

टिप्पणीहरू