उपकुलपतिबाट जुस पिएपछि अनेरास्ववियूको अनसन तोडियो,अनसनकारी सबैलाई टिचिङ हस्पिटल पुर्याइयो

उपकुलपतिबाट जुस पिएपछि अनेरास्ववियूको अनसन तोडियो,अनसनकारी सबैलाई टिचिङ हस्पिटल पुर्याइयो

त्रिभुवन विश्वविद्यालयमा आठ दिनपछि विद्यार्थी नेताहरुले आमरण अनसन तोडेका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले विश्वविद्यालयभित्रको विकृति, विसङ्गति र शैक्षिक अपराधीकरणविरुद्ध १३ बुँदे माग राख्दै आमरण अनसन थालेका हुन् ।

धेरै चरणको वार्ता टुंगोमा नपुगेछि आज उपकुलपति कार्यालयमा उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्रा.डा. पेशल दाहालसहितको टोलीसँग वार्ता गरेपछि अनेरास्ववियूले सहमति गरेको थियो ।

त्यसपछि आमरण अनसनमा बसेका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई उपकुलपति बाँस्कोटाले जुस खुवाई आमरण अनसन तोडाउनुभएको हो । अहिले अनसनकारीहरुलाई स्वास्थ्य परीक्षणको निम्ति शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

टिप्पणीहरू