बाबुरामले गरे गृहजिल्लामा पार्टी पुनर्गठन

बाबुरामले गरे गृहजिल्लामा पार्टी पुनर्गठन

जनता समाजवादी पार्टीबाट निकालिएका डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखाबाट पार्टी पुनर्गठन शुरु गरेका छन् ।

आज बसेको भट्टराईपक्षीय नेताहरुको बैठकले यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो । बैठकले जिल्ला मातहतका सबै निकाय, समितिहरु स्वतः भेला आयोजक समिति तथा निकायमा रुपान्तरण भएको निर्णयसमेत गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवले कारवाही गर्नुअगावै आफूपक्षीय केन्द्रीय समिति बैठकबाट नयाँ पार्टी गठन गर्ने निर्णय गराएका भट्टराईले जसपाकै नामबाट पुनर्गठन थालेका हुन् । उनी नयाँ पार्टी गठनको तयारीमा रहेको चर्चा छ ।

टिप्पणीहरू