प्रदेश १ को नामकरण एकल कि संयुक्त पहिचान ?
प्रदेश नम्बर १ को नामकरणका विषयमा आज सर्वदलीय छलफल हुँदैछ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आह्वानमा सर्वदलीय छलफल हुन लागेको हो ।
प्रदेश १ को नाम पहिचान र भौगोलिक आधारमा राख्नुपर्ने पार्टीहरूको धारणा छ । दलहरूले छुट्टाछुट्टै नाम अघि सरिरहेको समयमा सभामुख भण्डारीद्वारा छलफल आयोजना गरिएको हो ।
प्रदेशसभाको चार महिना समयावधी बाँकी छ । चार वर्ष छ महिनाको बीचमा प्रदेश नामकरणको विषयमा कुनै पनि छलफल हुन सकेको छैन । यसअघि नेकपाको सरकार रहेको समयमा छलफलको लागि पहल नै नभएको सांसदहरू बताउँछन् ।
तर सरकार परिवर्तनपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको आह्वानमा दुई पटक छलफल भइसकेको छ । यसबाट पनि कुनै साझा धारणा निस्केको छैन ।
सत्ता साझेदारी दल र मुख्यमन्त्री राई प्रदेशको नाममा पहिचान झल्किनुपर्ने पक्षमा दखिएका छन् । माओवादी केन्द्रले किरात प्रदेश हुनुपर्ने प्रस्ताव अघि सारेको थियो । प्रमुख विपक्षी दल एमाले भने कोसी नामकरणको पक्षमा देखिन्छ । मुख्यमन्त्री राई पछिल्लो समय संयुक्त नाम जुराएर भए पनि गएर सबैको भावना समेट्ने पक्षमा रहनुभएको बताइन्छ ।
टिप्पणीहरू