निर्वाचन मंसिर ४ गते हुन्छ : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा संघ र प्रदेशको निर्वाचन मिति घोषणा हुने बताउनु भएको छ ।
आज खुमलटारमा प्रेस सेन्टरका केन्द्रीय सदस्यहरूको छलफलमा उहाँले मंसिर ४ गतेको लागि मिति घोषणा हुनसक्ने बताउनु भएको हो ।
प्रचण्डले एक दुई दिनमा बाँकी महत्वपूर्ण विधेयकहरू पारित हुने र मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने गरी मिति घोषणा हुने जानकारी दिनुभएको हो । प्राविधिक विषय मिलाउन खोज्दा चुनावको औपचारिक मिति घोषणा हुन ढिला भएको उहाँको भनाइ छ ।
प्रेस सेन्टरको आज र भोलि हुने केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने बताइएको छ ।
टिप्पणीहरू