एमालेको आग्रहमा संसद् बैठक ५ दिन स्थगित
प्रमुख प्रतिपक्ष नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभाको बैठक पाँच दिन रोकिएको छ । अब अर्को बैठक साउन २२ गते बिहान ११ बजे बस्ने छ ।
संसद् सचिवालयका अनुसार आज एमालेकी सचेतक शान्ता चौधरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी आफूलगायत प्रमुख सचेतक र आफ्ना पार्टीका अन्य सांसदहरू बैठकमा केही दिन उपस्थित हुन नसक्ने जनाउँदै संसद बैठक सार्न आग्रह गरेकी हुन् ।
सचेतक चौधरीकै आग्रहमा बैठक २२ गते बोलाइएको छ ।
टिप्पणीहरू