५० प्रतिशत महिला उम्मेदवारको लागि महिला माननीयको पहल

५० प्रतिशत महिला उम्मेदवारको लागि महिला माननीयको पहल

निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन आवश्यक निर्देशनका लागि प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सांसद अमृता थापामगर प्रस्तावक रहेको प्रस्तावमा सांसदहरु लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेणुका गुरूङ र प्रमिला राई समर्थक छन् ।

प्रस्तावमा निर्वाचन कानुन निर्माण गर्दा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा जनसंख्यालाई आधार मानेर ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने माग गरिएको छ ।

टिप्पणीहरू