राप्रपाले पनि कालोपट्टी बाँध्यो

राप्रपाले पनि कालोपट्टी बाँध्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । काठमाडौँसहित सबै जिल्लामा आज पार्टी निकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो ।

उसले २०४७ पछिका उच्चपदस्थ अधिकारी सबैको सम्पत्ति छानबिनको माग राखेको छ । राप्रपाले गत असार १ गते विभिन्न २२ सूत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । सोही माग पूरा गराउन राप्रपाले दोस्रो चरणको आन्दोलन गरेको हो ।यसअघि राप्रपाले १३ देखि असार ३१ गतेसम्म पहिलो चरणको आन्दोलन गरेको थियो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार भदौमा राजधानी केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने तयारी गरिएको छ ।

टिप्पणीहरू