बाबुरामलाई नाफा–घाटा बराबर
डा.बाबुराम भट्टराईका हकमा नाफा–घाटा बराबर निस्किएको छ । उहाँले जसपा छाड्दा उपेन्द्र यादवतिरका पूर्वमन्त्री महिन्द्रराय यादव, रमेश यादवसहितका केही नेता सँगै गए ।
तर, उहाँको साथ पनि थुप्रैले छोडेका छन् । जस्तो कि, ओखलढुंगावासी प्रदेश १ का मुख्यसचिव प्रभुराम श्रेष्ठसहित दलमर्दन कामी, कमला यमचुरी जसपामै रहे । ट्रेड युनियनका अध्यक्ष लालध्वज नेम्वाङ बाबुरामतिर गए । उनी पहिलादेखि नै उतैतिरका थिए ।
केही वर्षअघि शालिकराम जमरकट्टेलले पिटेको उनैलाई हो । अब जसपाले अर्जुन लम्साललाई ट्रेड युनियनको अध्यक्ष बनाउने तयारी छ । गण्डकी र लुम्बिनी प्रदेशमा पनि बाबुरामलाई छाड्ने धेरै छन् ।
अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादीबाट जसपा भएकामध्ये उमेश थापा, हेमराज राई र भाइ भुराज राई, चन्द्रविक्रम राईहरु एमालेमा फर्किने भएका छन् ।
टिप्पणीहरू