गुँला पर्वमा पर्यटनमन्त्री स्वयम्भू फनफनी

गुँला पर्वमा पर्यटनमन्त्री स्वयम्भू फनफनी

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ गुँला पर्वमा सहभागी हुनुभएको छ । उहाँले आज बिहानको कार्यक्रममा सहभागी भएर स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको बताइएको छ ।

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्वमा विभिन्न परम्परागत बाजागाजाका साथ बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । सोही क्रममा आज बिहान मन्त्री श्रेष्ठले स्वयम्भू दर्शन गरी महाचैत्यको परिक्रमा गर्नुभएको हो ।

काठमाडौंको बौद्ध र हिन्दू दुबै परम्परामा यो पर्वको विशेष महत्व छ । ’गुँला’ महिनामा धाः घिमेः नगरा,नायखिँ,दमखिं, दबदब,भृदङ्गा, पौ पिचा र क्वचा (खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ ।

यो पर्वमा अघिअघि बाजा र पछिपछि भक्तजनहरू हिँडेर विभिन्न मन्दिर तथा चैत्यको परिक्रमा गर्छन् ।

टिप्पणीहरू