गलेश्वरधाममा पनि डिजिटल भुक्तानी

गलेश्वरधाममा पनि डिजिटल भुक्तानी

माछापुच्छ्रे बैंकको बेनी शाखाले पवित्र तीर्थस्थल गलेश्वरधाममा विद्युतीय भुक्तानी (क्युआर कोड) सञ्चालन गरेको छ । उक्त व्यवस्थापछि अब नगद बोक्नपर्ने बाध्यता क्रमशः हट्ने जानकारी दिइएको छ ।

मन्दिर क्षेत्रमा दिइने दान, भेटी, चन्दा नगदमा नभएर सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्न क्युआर कोड उत्तम उपाय भएको सो अवसरमा बताइएको छ ।बैंकले गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई क्युआर कोड हस्तान्तरण गरेकै बखत पोखरा महानगरपालिका १८ कि जरीना क्षेत्रीले एक लाख पाँच रुपैयाँ गलेश्वर मन्दिरको लागि क्युआर कोड स्क्यान गरेर दान गर्नुभएको थियो ।

माछापुच्छ्रे बैंकको बेनी शाखाले धाममा विद्युतीय भुक्तानी बढाउन कोषका अध्यक्ष माधवप्रसाद रेग्मीलाई बैंकको क्युआर कोड हस्तान्तरण गर्न मन्दिर परिसरमा कार्यक्रम आयोजना गरेको थियो ।

टिप्पणीहरू