बेलायतबाट कमल थापाद्वारा नागरिकताको विरोध
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोध गरेका छन् । बेलायत भ्रमणमा रहेका उनले ट्वीटरमार्फत उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने धारणा राखेका हुन् ।
‘विवाह गरेको भोलिपल्टै नागरिकता दिने वैवाहिक अंगिकृतसम्बन्धी व्यवस्था राष्ट्रहित विपरित रहेको,’ थापाको ठहर छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधनसम्बन्धी विधेयक पुनर्विचारको लागि संसदमा फिर्ता पठाउनु नै देशको लागि हित हुने सुझाव दिएका छन् ।
टिप्पणीहरू