चुनावबारे कुरा गर्न काँग्रेसको कार्यसम्पादन बस्ने
आगामी मंसिरमा हुने संघ तथा प्रदेशको निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भोलि बिहानका लागि बैठक बोलाउनुभएको हो ।
शनिबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्नेगरी बैठक आह्वान गरिएको काँग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए ।
बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने महतले बताए ।
टिप्पणीहरू