गुगलमै गडबडी

गुगलमै गडबडी

हिजो अपरान्हसम्म नेपालमा संक्रमितको संख्या एक हजार दुई सय बाह्र, निको भई घर फर्केकाको संख्या दुई सय छ र कोरोनाबाट निधन भएकाको संख्या छ जना पुगेको छ । तर, गुगलले भने कोरोनाबाट निधन भएका नेपालीको संख्या ५६ उल्लेख गरेको छ ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमितको पछिल्लो अवस्थाको अपडेट गराउँदै आएको छ । हाम्रो आधिकारिक स्रोत पनि त्यहि नै हो । तर, गुगलले नेपालको झण्डा राखेर कोरोनाबाट मृत्यु भएका नेपालीहरुको संख्या झण्डै १० गुणाले बढी देखाएको छ ।

विश्वमा धेरै जनाले नयाँ तथा पुरानो कुरो थाहा पाउन र पछिल्लो अपडेटका लागि गुगल सर्च गर्छन् । तर, गुगलले दिने सूचना र जानकारी भरपर्दो नभएको नेपालको पछिल्लो तथ्याङ्कले नै देखाएको छ ।

टिप्पणीहरू