रुपन्देहीमा एमाले बैठक निरन्तर
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको निम्ति रुपन्देहीमा उम्मेदवार छनोट र सिफारिस बैठक क्षेत्रीयस्तरमा भइरहेको छ ।
प्राप्त जानकारीअनुसार पाँच वटा निर्वाचन क्षेत्र भएको रुपन्देहीमा क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल तथा स्थानीय नेताहरु टिकाराम चापागाईं र अजय रौनियारको नाम बैठकमा प्रस्ताव भएको छ ।
यसैगरी क्षेत्र नम्बर २ मा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको एकल नाम प्रस्ताव भइसकेको छ भने क्षेत्र नम्बर ३ मा स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पूर्व सांसद यज्ञजित शाह तथा स्थानीय नेताहरु दुर्गा भुसाल र बासुदेव घिमिरेको नाम पनि प्रस्ताव भएको छ ।
क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराईको नाम प्रस्ताव गरिएको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ ।
टिप्पणीहरू