कमल थापा हेटौंडामा,उनैका उपाध्यक्ष बालकोटमा
कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । कर्णाली विकास बैंकको अध्यक्षसमेत रहेका राजेन्द्रवीर राय अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा लगाएर एमाले प्रवेश गरेका हुन् । उनी हिजो टीका लाउन ओली निवास बालकोट पुगेका थिए ।
उता पार्टी अध्यक्ष कमल थापाले हेटौँडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी ओलीको गुणगान गाएका छन् । ओली नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको आरोप छ । उनले भने, ‘अहिले पनि एमालेलाई हराउन विदेशीहरू लागिरहेका छन् ।’
टिप्पणीहरू