ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खाेल्ने

ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खाेल्ने

ग्लोबल आईएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा खोल्ने भएको छ । उक्त कार्यको लागि आवश्यक प्रक्रिया अघि बढेको जनाउँदै बैंकले त्यहाँ रहेका नेपालीलाई विदेशी मुद्रामा खाता खोल्न अनुरोध गरिएको छ ।

ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले सिओलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको छ । सो अवसरमा नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेकाले मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको ठूलो महत्व रहेको बताउनुभएको छ । उहाँले नेपाललाई स्वदेशी पुँजीकासाथै ठूलो मात्रामा वैदेशिकलगानीको आवश्यकता रहेको बताउदै त्यहाँ रहेका नेपालीलाई आफ्नो मुलुकमा वैदेशिक लगानी र नयाँ प्रविधि भित्र्याउने कार्यमा थप पहल गर्न आग्रह गर्नुभएको छ ।त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्ष र नेपालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष तथा नेपालको एउटा व्यवसायिक समूह, आइएमई समूहको अध्यक्षको हैसियतले उहाँले निर्धक्कसँगनेपालमा लगानी भित्र्याउन र भित्र्याउने वातावरण निर्माण गर्न अनुरोध समेत गर्नुभएको छ ।

कार्यक्रममा अर्थ सचिव कृष्णहरी पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योती प्याकुरेल तथा गैर आवासीय संघका प्रतिनिधिहरुको उपस्थिति थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकका विविध कार्यक्रम र योजनाबारे जानकारी गराउनुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू