नेपाली मुद्राको कसरी भयो यो हालत ?

नेपाली मुद्राको कसरी भयो यो हालत ?

अमेरिकी डलरको मूल्य लगातार बढेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो हुँदै गएपछि नेपाली मुद्राको अवमूल्यन भएको हो । आज एक अमेरिकी डलरको खरिद दर एक सय ३१ रुपैयाँ ४६ पैसा कायम छ । बिक्री दर एक सय ३२ रुपैयाँ ६ पैसा तय पुगेको छ ।

नेपाली मुद्राको विनिमय दर भारतीय रुपैयाँसँग स्थीर भएकाले अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्केपछि स्वतः नेपाली मुद्राको मूल्य पनि कमजोर भएको हो ।

डलरको भाउ बढेपछि रेमिट्यान्स,पर्यटन र निर्यात व्यापारमा सकारात्मक योगदान हुन्छ । तर आयातमा असर पार्ने भएकाले यसले व्यापार घाटा बढाउँछ ।

टिप्पणीहरू