इलामका सेयर लगानीकर्तालाई पढाइयो
एनआईबिएल एस क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२२ मनाएको छ । नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनीको सहकार्यमा एनआईबिएल एस क्यापिटलले अस्ति शुक्रबार इलाममा उक्त सप्ताह मनाउने क्रममा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा ‘धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरिएको बताइएको छ । कार्यक्रममा इलाम बजार तथा आसपासका लगानीकर्ताको उत्साहपूर्ण सहभागिता थियो ।
कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारीमूलक सामाग्री प्रस्तुत गरीएको थियो । सोही क्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट सहायक निर्देशक हरिप्रसाद भुसालले र एनआईबिएल एस क्यापिटलको तर्फबाट म्युचुअल फण्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए ।
स्थानीय लगानीकर्ताहरुको धितोपत्र बजार सम्बन्धी विभिन्न जिज्ञासाको सम्बन्धित प्रशिक्षकले जवाफ दिएका हुन् । ब्रोकरको काम, कर्तव्य र अधिकारबारे मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गका प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले जानकारी दिएको बताइएको छ ।
टिप्पणीहरू