सोल्टीले लाभांश बाँड्ने

सोल्टीले लाभांश बाँड्ने

सोल्टी होटलले आफ्ना शेयर शेयरधनीलाई २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस शेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।

लाभांश प्रस्तावसहित २८ पुसमा सोल्टीले वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सोल्टीले साधारणसभा प्रयोजनाका लागि ७ पुसमा बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, ६ पुससम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

टिप्पणीहरू