बीमा समिति आजदेखि बीमा प्राधिकरण

बीमा समिति आजदेखि बीमा प्राधिकरण

बीमा समिति आजदेखि ‘नेपाल बीमा प्राधिकरण’ मा रूपान्तरण भएको छ । बीमा व्यवसायको नियमनकारी निकाय समितिले औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणका रुपमा कार्य थालनी गर्न लागेको छ ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । गत भदौ अन्तिममा संघीय संसद्बाट पारित बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे ।

विधेयक प्रमाणीकरण गरिएको एक महिनापछि कानुनतः ऐन लागू हुने प्रावधानअनुसार बीमा समिति आजदेखि प्राधिकरण बनेको हो । आज एक कार्यक्रम आयोजना गरेर बीमा प्राधिकरणको घोषणा गरिँदैछ ।

टिप्पणीहरू