पक्राउ नेता रिहा गर्नुपर्ने नेकपा बहुमतको माग
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपा बहुमतका जिल्लाका नेताहरु धमाधम पक्राउ परेका छन् । सिराहका इञ्चार्ज गणेश शाह र संयोजक उचित महरालाई गएराति गोलबजारबाट प्रहरीले नियन्त्रणमा लिएकोप्रति पार्टीले आपत्ति जनाएको छ ।
हिजो साँझ घरमै खाना खाइरहेका उनीहरुलाई प्रहरीले धरपकड गरेर यातना दिएको भन्दै नेकपा बहुमतले उक्त पक्राउप्रति आपत्ति जनाएको हो । बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले इञ्चार्ज शाह र संयोजक महरालाई तत्काल रिहा गर्न माग गरेका छन् । साथै, उनले देशव्यापी अवज्ञा आन्दोलनलाई तीव्र पार्न पार्टीपक्ति र आम जनसमुदायलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै सुरक्षा निकायले बहुमतलगायत चुनाव बहिष्कारको उद्घोष गरेका पार्टीहरुलाई उच्च निगरानीमा राखेको छ ।
टिप्पणीहरू