निर्वाचन आचारसंहिता उल्लंघनमा कमी आएको मानव अधिकार आयोगको ठहर

निर्वाचन आचारसंहिता उल्लंघनमा कमी आएको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा आचारसंहिता उल्लंघनमा कमी आएको निष्कर्ष निकालेको छ । आयोगले यस पटकको निर्वाचनमा तडकभडक, आमसभा र जुलुसमा कमी आएको बताएको छ ।

आचारसंहिता उल्लंघनमा कमी आए पनि अनुगमनको क्रममा भारतीय नम्बर प्लेटका गाडीहरु प्रचारप्रसारका लागि प्रयोग भएको पाइएको आयोगले जनाएको छ ।  त्यस्तै, अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएकोतर्फ ध्यानाकर्षण भएको जनाइएको छ ।

उता आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले निर्वाचनका कारण बालबालिका विद्यालय जान नपाएको विषयलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।

टिप्पणीहरू