झापाली दुई घागडानको जम्काभेट

झापाली दुई घागडानको जम्काभेट

दुई चुनावी प्रतिस्पर्धी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्ण सिटौलाबीच जम्काभेट भएको छ । मतदानपछि चुनावी स्थितिको अवलोकन गर्ने क्रममा यी दुई प्रतिस्पर्धीबीच आकस्मिक भेट भएको हो ।

लिङ्देन र सिटौला झापा क्षेत्र नम्बर–३ का पुराना प्रतिस्पर्धी हुन् । तर,यी दुईबीचको सम्बन्ध भने कहिल्यै सुमधुर भएन । सधैँ तिक्ततापूर्ण नै रह्यो । यसअघि यी दईबीच राजनीतिक भेटघाट तथा कुराकानी कहिल्यै भएन । स्वभाविक हो,चुनावी अभियानका क्रममा मत माग्दा आफ्ना प्रतिस्पर्धीको नाम लिइन्छ,आलोचना गरिन्छ ।

लिङ्देनमा राजनीतिक संस्कार भए पनि सिटौलाले कहिल्यै त्यो त्यो देखाएनन् । सिटौलाले लिङ्देनको तीव्र आलोचना त गर्थे तर कहिल्यै नाम भने उच्चारण गर्दैनथिए । आइतबार बिहान चुनावका बेला एक्कासि जम्काभेट भएपछि यी दुई नेता मुस्कुराए । एक अर्कालाई नमस्कार गरे । र,शुभकामना पनि दिए । यसअघि कहिल्यै यो दृश्य नदेखेका मतदाता भने हेरेको हेर्‍यै भए ।
 

टिप्पणीहरू