विरोध गर्ने बिप्लवका बागीहरु गिरफ्तार

विरोध गर्ने बिप्लवका बागीहरु गिरफ्तार

हाल भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनविरुद्ध प्रदर्शन गर्ने नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारीका कार्यकर्ता पक्राउ परेका छन् ।

‘निर्वाचन बहिष्कार तथा भण्डाफोर कार्यक्रम’ गर्ने बहुमतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र शाह, सचिव नवराज भट्टलगायत आठ जनाको टोलीलाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबार लगिएको छ ।

टिप्पणीहरू