मत खसाल्नसमेत भाइ टीकाको जस्तै साइत

मत खसाल्नसमेत भाइ टीकाको जस्तै साइत

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज साइत हेराएर मतदान गरेको पाइएको छ । उनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्  ।

क्षेत्र नम्बर ३ का उम्मेदवार लिङ्देनले साढे ११ बजेको उत्तम साइतमा मतदान गरेको राप्रपा झापाका एक जना पदाधिकारीले बताए । सोही क्षेत्रबाट उठेका सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले भने बिहान सवा ७ बजे नै मतदान गरेका थिए ।

उनले भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्रमा मत खसालेको बताइन्छ । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिटौलाले झापा क्षेत्र नम्बर १ मा मतदान गरेका हुन् ।

टिप्पणीहरू