अछाममा मतपेटिका साटियो
अछामका दुई वटा मतदान केन्द्रमा मत साटिएको छ । ज्ञानदीप केन्द्रमा ५६ मत र सरस्वती केन्द्रमा ९२ मत भूलबशः अर्कै बाकसमा खसेको बताइएको छ । ‘कर्मचारीको भूलका कारण अर्को बाकसमा मत खस्न गएको हो,’ मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले बताए ।
मङ्गलसेन नगरपालिका ३ को शिवनिवास आधारभूत विद्यालय र मङ्गलसेन नगरपालिका ८ को सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा मत पेटिका फरक परेको हो । प्रतिनिधि सभा सदस्यको मत प्रदेशसभा सदस्यको बाकसमा र प्रदेश सभा सदस्यको मत प्रतिनिधि सभाको लागि छुट्याइएको बाकसमा खसालिएको हो ।
निर्वाचन आयोगका अनुसार उक्त मत पछि गणनाको क्रममा मिलाएर समावेश गरिने सहमति भएको छ ।
टिप्पणीहरू