ललितपुर ३ मा तोसिमाको तीव्र अग्रता, गनेको मतमध्ये आधा घण्टीमा

ललितपुर ३ मा तोसिमाको तीव्र अग्रता, गनेको मतमध्ये आधा घण्टीमा

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निकै अगाडि देखिएकी छन् । उनले एमाले र माओवादीका उम्मेदवारहरुले प्राप्त गरेको कुल मतभन्दा बढी प्राप्त गरेकी छन् । 

हालसम्म गणना भएको ३५ हजार १४९ मतमध्ये उनले १६ हजार ७३६ मत पाएकी छन् । दोस्रो स्थानमा एमालेका अमृत खड्काको ८ हजार ६३७ र त्यसपछि माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ८७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपाका निरन्जन थापाले १ हजार ३२ मत ल्याएका छन् । हालसम्म १ हजार २३६ मत बदर भएको जानकारी पनि दिइएको छ ।

टिप्पणीहरू