धादिङ्ग-१ मा राजेन्द्र पाण्डेको फराकिलो अग्रता

धादिङ्ग-१ मा राजेन्द्र पाण्डेको फराकिलो अग्रता

धादिङ्ग निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले फराकिलो अग्रता लिएका छन् । प्राप्त पछिल्लो परिणामअनुसार नेकपा एकीकृत समाजवादीका पाण्डेले १७ हजार २८९ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत प्राप्त गरेका छन् ।

हालसम्म ४२ हजार ८३८ मत गणना भइसकेको छ ।

टिप्पणीहरू