अध्यक्ष जितेर अरु हार्नुको के अर्थ ?

अध्यक्ष जितेर अरु हार्नुको के अर्थ ?

भारी मतले ओली,प्रचण्ड र माधवले जित्नुको के अर्थ छ र रु बरु यिनीहरु हारेर अरु नहार्नुपर्ने वा भनौं जित्नुपर्नेले जितेको भए त्यसको दूरगामी महत्त्व हुने थियो । मार्क्सवादीले भाग्य र बिधातामा विश्वास नगर्ने हुँदा यसलाई दुर्भाग्य वा विधाताको खेल भनेर चित्त बुझाउन त मिलेन । बरु दलका मुखियाहरुको अपरिपक्व राजनीति,अहम् र  तुष्टिकरणको राजनीति र आत्मरत्तिमा रमाउन खोज्दा पोल्टाको सामान त पोखियो नै,दुलोभित्र माछा होइन सर्प पो फेला पर्न गयो । पोल्टाको पोखाएर भएको नोक्सानी र सर्पले डसेर पुगेको पीडा कसरी पुर्ताल होला रु यसको जवाफ मुखियाहरुले नदिई सुख पाउने छैनन् ।

यो पंक्तिकारले शुरुदेखि नै एकता वा गठबन्धन बामपन्थी दलहरूकै बीचमा हुनुपर्छ भन्ने कुरामा जोड दिँदै आएको सर्बविदित नै छ। तर अहम् ,रिस र बदला लिने मनसुवाले राम्रो र सहि सल्लाह मान्न रोक लगाउँछ,आखिर त्यस्तै भयो । थालीमा पस्केको खाना हुरीले घोप्याई दियो । आज न ओली, न प्रचण्ड न त माधव नै सत्ताको नेतृत्व गर्न पाउने ठाउँमा छन् ।

पोल्टाको पोखाएर भएको नोक्सानी र सर्पले डसेर पुगेको पीडा कसरी पुर्ताल होला ?

कतिपय मानिसहरू माओवादी र एसलाई ठेगान लाइयो भन्दै बर्बराई रहेको सुनिन्छ। तर यिनले के कुरा बुझिरहेका देखिन्नन् भने यिनको घमण्डको कारणले न्यायप्रेमी जनताको सपनामाथि ठूलो कुठाराघात हुन पुगेको छ । जनताका सपनामा पानी फेरिने भएको छ । विकासका सपना, समृद्धिका सपना,रोजगारीका सपना, राम्रो शिक्षा र स्वास्थ्य सुविधाको सपना र समग्रमा न्याय, बराबरी र स्वतन्त्रताको सपनामाथि कुठाराघात हुने भएको  छ। यदि झापामा आफ्ना प्रतिद्वन्दीलाई अत्यधिक मतले हराएर बिजयी हुने ओलीले लिएको राजनीतिक लाइन सहि थियो भने वा प्रचण्ड र माधव नेपालले लिएको लाइन सही थियो भने राजधानीमा इश्वर पोखरेल ,दाङमा शंकर पोखरेलहरुको पराजय किन हुन्थ्यो रु पम्फा भुसाल र ओनसरी घर्तीहरुको पराजय किन हुन्थ्यो अथवा जीवनराम र बिरोध खतिवडाहरुको पराजय किन हुन्थ्यो रु कसैसँग छैन यसको जवाफ। यी तीनै जना मुखियाहरुको लाइन अहंकार , तुष्टिकरण र बदलाको भावनाबाट अभिप्रेरित थियो । कहिल्यै नाम नसुनिएका युवाहरु जसको कुनै राजनीतिक तथा बैचारिक बाटो के हो भन्नेसम्म थाहा छैन, ती युवाहरू जसको मुखियाको विगत र आगत शंकास्पद देखिन्छ तिनीहरु जनताको नजरमा ठीक लाग्नु र तिनीहरुद्वारा मुर्धन्यहरु पराजित हुन पर्नुले के कुरा प्रष्ट पारेको छ भने दलहरुले आफूहरुलाई पूर्ण लोकतान्त्रिकरण नगरिकन ,जनताको मुद्दामा आफूहरुलाई केन्द्रिकृत नगरिकन र आर्थिक मामिलामा पारदर्शिता अवलम्बन नगरिकन अब जनताको मत प्राप्त गर्न धेरै कठिन हुनेछ । यी जितेर आएका नयाँ सदस्यहरुको अरु कुनै मुद्दा छैन सडक,खानेपानी , बिजुली,भ्रष्टाचार तथा सुशासनबाहेक । यहि मुद्दाद्वारा यिनीहरुले अहङ्कारपूर्ण राजनीतिमाथि धावा बोले र लडाए ।अब अपारदर्शी र ओँठे लोकतान्त्रिक चरित्र बोकेर पशुपतिको साँढेजस्तो गजधम्म परी राजनीतिको मूलढोका छेकेर राजनीति गर्ने दिन सकिए । राजनीतिको मूलद्वारमा उभिएका  राजनीतिक दलका मुखियाहरुलाई यो एउटा राम्रो चेतावनी हो जनताको कि सुध्रिने कि सक्किने ।

धेरै अर्थमा यो चुनावलाई रेफरेण्डम भन्दा पनि हुन्छ अपवित्र वा अप्राकृतिक गठबन्धन जायज हुने रहेछ कि नाजायज भन्ने कुराको। धेरैलाई लागेको थियो कि माके र एस अनि लोसपाको भोट काङ्ग्रेसमा मिसिएपछि एमालेको पत्ता साफ हुनेछ । तर त्यस्तो भएन। र,एमालेले पनि राप्रपा तथा अन्य दलको सहयोगमा चुनाव जित्ने सपना देखेको थियोे । तर यो पनि पूरा भएन । राजनीतिमा जुट्दा एक एक दुई हुन्छ तर फुट्दा एक एक एघार घट्छ। आखिर बामपन्थीहरुलाई एघार क्षति हुन पुग्यो र काङ्ग्रेसलाई दुई नाफा । तर यसको सौ का सौ  घाटा भने जनतालाई परेको छ। र यस्तो गठबन्धन बेठीक थियो भन्ने सन्देश मिलेको छ। एउटा भनाइ छ कि कुनै कुराको प्रयोग गर्नु सामान्य त्रुटि हुनसक्छ वा कमजोरी पनि ।तर जब प्रयोग असफल भएको थाहा पाइन्छ र पनि  त्यसलाई करेक्शन गरिन्न भने त्यो गल्ती हुनजान्छ वा ब्लण्डर पनि साबित हुनसक्छ ।यो प्रयोग बामपंथीहरुको त्रुटिपूर्ण प्रयोग भएको कुरामा अब कुनै  शंका रहेन।तर यो त्रुटीलाई करेक्शन गरिएन भने त्यो ब्लण्डर साबित हुनेछ। किनभने सत्ता बाहिरको काङ्ग्रेस र सत्तामा हुँदाको काङ्ग्रेस कस्तो हुन्छ भन्ने कुरा बताइरहन नपर्ला१ त्यसकारण ओली प्रचण्ड , माधवहरुले आफुहरुमा रहेका कमजोरीहरुलाई सच्याउने र अबको नेतृत्वबाट आफुहरुलाई नअलग्याउने हो भने भोलिको राजनीति धेरै कठिनाइयुक्त हुनेकुरामा दुईमत नहोला।त्यसैले  आफ्नो निम्ति नभएर भावी पुस्ताको राजनीतिक भविष्यलाई हेरेर यो नेतृत्वले समयको माग र चापलाई स्विकार्नु जरुरी छ। त्यो भनेको बामपंथी दलहरुको एकता गरेर अर्को पुस्तालाई सुम्पिने हो ।

अहम,रिस र बदला लिने मनसुवाले राम्रो र सहि सल्लाह मान्न रोक लगाउँछ,आखिर त्यस्तै भयो । थालीमा पस्केको खाना हुरीले घोप्याई दियो । आज न ओली,न प्रचण्ड न त माधव नै सत्ताको नेतृत्व गर्न पाउने ठाउँमा छन् ।

अत्यमा,

मेरो बुझाईमा अध्यक्ष ओलीले राजनेता बन्ने ऐतिहासिक अवसर गुमाए । अध्यक्ष  प्रचण्डले पनि क्रान्तिकारी नेताको हैसियत गुमाए भने अध्यक्ष  माधव नेपालले पनि समन्वयकारी नेताको हैसियत गुमाए ।अरु इश्वर , शंकरहरुले पनि आआफ्नो भूमिका प्रभावकारी तरिकाले निभाउन सकेनन् ।घनश्याम ,भीम रावलहरु त भूमिकाशून्य नै बनाइए । नारायणकाजीले भनेजस्तो अहिलेको यो पराजयको आँधीलाई दलको सफाइ गर्नमा प्रयोग भयो भने गल्ती सुधारिने छ र राजनीति नयाँ शिराबाट उठ्न सक्छ तर यसले दललाई नै बढारिदियो भने कसैको पनि कुनै अस्तित्व रहनेछैन। इतिहासमा असफल ,अदूरदर्शी र दम्भी पात्रको रुपमा चिनिने छ।अब सिपी, बिजुक्क्छे र मोहनबिक्रमजीहरुको जस्तो सिद्धान्तको सुगारटान गर्दै दश वीस सिट लिएर संसदमा जागिर पकाउने कि एउटा भाइब्रेण्ट पार्टी निर्माण गरेर गुम्नै आँटेको पहिचानलाई जोगाउनेरु  सुझाव हाम्रो यस्तो छ लिने नलिने यहाँहरुकै मर्जी ।

धन्यवाद 

 

टिप्पणीहरू