ललितपुर ३ मा तोसिमाले पाएको ठ्याक्कै मत कति ?

ललितपुर ३ मा तोसिमाले पाएको ठ्याक्कै मत कति ?

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा घण्टी चिन्ह लिएकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्की विजयी भएको औपचारिक घोषण गरिएको छ । उनले ३१ हजार १३६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज बिहान १० बजे औपचारिक घोषणा गरिएको मतपरिणामअनुसार  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १८ हजा १७३ पुगेको छ ।


सत्ता गठबन्धनकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा पुगेकी छन् ।  खसेको ६० हजार ३७५ मतमध्ये ५८ हजार १४५ सदर र २ हजार २२० बदर पाइएको छ ।

टिप्पणीहरू