तोसिमाका समर्थकले घन्काए भ्रष्टाचारीलाई बाईबाईको नारा

तोसिमाका समर्थकले घन्काए भ्रष्टाचारीलाई बाईबाईको नारा

आज बिहान १० बजे औपचारिक घोषणा गरिएको ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को मतपरिणाममा घण्टी चिन्ह लिएकी डा. तोसिमा कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भएकी छन् ।

विजय घोषणालगत्तै जावलाखेलबाट निकालिएको जुलुसमा ‘तोसिमा कसको, जनताको’, ‘ललितपुरमा हाईहाई,भ्रष्टाचारी बाईबाई’ लगायत नारा लगाइएको थियो ।कार्कीका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १८ हजार १७३  छ ।

सत्ता गठबन्धनकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा पुगेकी छन् । खसेको ६० हजार ३७५ मतमध्ये ५८ हजार १४५ सदर र २ हजार २२० बदर पाइएको छ । तीमध्ये ३० हजार ६२४ महिला र ३० हजार ७३३ पुरुष छन् ।

टिप्पणीहरू