सूर्य चिन्ह लिएका कमल थापा हारे, हलोका दीपक सिंह विजयी

सूर्य चिन्ह लिएका कमल थापा हारे, हलोका दीपक सिंह विजयी

मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गरेकी छन् । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत ल्याएका छन् ।

टिप्पणीहरू