अबिर लगाउन एमाले अध्यक्ष झापा प्रस्थान

अबिर लगाउन एमाले अध्यक्ष झापा प्रस्थान

एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ । उहाँ साढे ११ बजे काठमाडौंबाट भद्रपुर प्रस्थान गर्नुभएको थियो । अध्यक्ष ओली ११ सदस्यीय टोली लिएर यति एअरको उडान नम्बर एन वाईटी ९२१ बाट त्यता जानुभएको विमानस्थलस्थित यति एअर स्रोतले बताएको छ ।

उहाँ झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएपछि निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिन त्यता जानुभएको एमाले स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू