मध्यान्हसम्म प्रत्यक्षमा काँग्रेस,समानुपातिकमा एमाले अगाडि

मध्यान्हसम्म प्रत्यक्षमा काँग्रेस,समानुपातिकमा एमाले अगाडि

आइतवार सम्पन्न मतदानको मतपरिणाम धमाधम आइरहेको छ । हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ २८ सीटमा विजयी भएर नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । एमाले १४ सीटमा विजयी भएको छ ।यसैगरी समानुपातिकतर्फ एमालेले काँग्रेसलाई उछिनेको छ । एमालेले काँग्रेसले भन्दा झण्डै ४० हजार मत बढी ल्याइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेले ५ लाख २४ हजार ४०५ र काँग्रेसले ४ लाख ८५ हजार ७५३ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६९ हजार ४२९ र माओवादी केन्द्रले २ लाख ४१ हजार ९८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको  छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३९ हजार ७८२, जनता समाजवादी पार्टी नेपालले ६० हजार ३२३, नेपाल मजदुर किसान पार्टीले ५० हजार ३२१ र जनमत पार्टीले ३४ हजार ४५२ मत समानुपातिकमा बटुलेका हुन् । 

नागरिक उन्मुक्ति पार्टीले ३४ हजार २५९ र नेकपा एकीकृत समाजवादीले पनि ३३ हजार ४१३ मत समानुपातिकतर्फ थपेको बताइएको छ ।

टिप्पणीहरू