केपी ओलीको विश्वास जोगाउन नसकेकोमा कमल थापा दुःखी

केपी ओलीको विश्वास जोगाउन नसकेकोमा कमल थापा दुःखी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । झापा-५ मा काँग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओली ५२ हजार ३१९ मतसहित विजयी भएपछि उनले बधाई र शुभकामना दिएका हुन् ।

शुभकामनामा थापाले आफूले ओलीको विश्वास जोगाउन नसकेकोमा दुःख मनाउ पनि गरेका छन् । एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट उठेका थापा र काँग्रेसकी डिना उपाध्यायलाई राप्रपाका दीपक सिंहले पराजित गरिसकेका छन् ।

आफू पराजित हुने निश्चित भएपछि मत परिणाम घोषणा गर्नुअघि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःख मनाउ गरेका हुन् ।

फेसबुकमा ओलीलाई उल्लेख गर्दै थापाले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलार्ई धन्यवाद  । तर,तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु । तपाईंलाई मेरो शुभकामना ।’
 

टिप्पणीहरू