डोल्पामा सूर्यभन्दा कलमलाई दोब्बर मत

डोल्पामा सूर्यभन्दा कलमलाई दोब्बर मत

डोल्पामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । मुड्केचुला गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतसहित १३ हजार ७०३ मत गणना सकिएको छ ।

जसअनुसार नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका गणेश शाहीले ४ हजार ३३५ मत पाएका छन् ।

राप्रपाका अंगद बुढाले ५८५,नेकपा मार्क्सवादीले ३७ र स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकायाले ६ मत प्राप्त गरेका छन् । २९९ मत बदर भएको छ ।

टिप्पणीहरू