काठमाडौं ८ को समानुपातिक मत पनि घण्टीलाई नै

काठमाडौं ८ को समानुपातिक मत पनि घण्टीलाई नै

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले १० हजार १०५ मत प्राप्त गरेका छन् । सो क्षेत्रबाट सत्ता गठबन्धनको उम्मेदवार पर्यटन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ थिए । उनीलगायत एमालेका उम्मेदवारलाई पछि पार्दै विराज विजयी भएका हुन् ।

अहिले भइरहेको समानुपातिक मतको गणनामा पनि घण्टी चिन्हले नै अग्रता लिएको छ । खसेको ३१ हजार ९९० मतमध्ये हालसम्म २० हजार ६८५ गनिसकेकाे  बताइएको छ ।त्यसमध्ये घण्टी चिन्हमा ५ हजार १२० र रुखमा ३ हजार ३२८ मत खसेको छ । त्यसैगरी सूर्यमा २ हजार ६८८ र माओवादीको हसिया हथौडामा २४८ मत प्राप्त भएको जानकारी दिइएको छ ।

एकीकृत समाजवादीलाई ५९० मत प्राप्त हुँदा लौरो चिन्हमा ३ हजार ९४५ र हलोमा २ हजार ४५४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू