एमालेका राम राना विवयी

एमालेका राम राना विवयी

इलाम क्षेत्र नं. २ को २ बाट नेकपा एमालेका रामबहादुर राना विजयी भएका छन् । रानाले गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका हर्क कान्छा लावतीलाई २५ सय ८६ मत अन्तरले पराजित गर्दै  विजयी भएका हुन् ।

रानाले १३ हजार ७४५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी लावतीले ११ हजार १६७ मत ल्याएका छन् । राना प्रदेश सदस्यमा निर्वाचित भएको यो दोस्रो पटक हो ।  २०७४ को निर्वाचनमा इलाम क्षेत्र नं. २ को १ बाट विजयी भएका थिए ।

टिप्पणीहरू