एमालेकी शान्ता चौधरी ५ हजार मतान्तरले पराजित,शहरी विकासमन्त्री विजयी

एमालेकी शान्ता चौधरी ५ हजार मतान्तरले पराजित,शहरी विकासमन्त्री विजयी

शहरी विकासमन्त्री तथा दाङ्ग क्षेत्र नं. १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरी पाँच हजार ८४ को मतान्तरसहित विजयी हुनुभएको छ ।

उहाँले २६ हजार ५६३ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू