४९ स्थानको परिणाम आउन बाँकी, काँग्रेस १२ स्थानमा अगाडि

४९ स्थानको परिणाम आउन बाँकी, काँग्रेस १२ स्थानमा अगाडि

प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । अब ४९ स्थानको नतिजा आउन बाँकी छ ।

हालसम्म नेपाली काँग्रेस ४० स्थानमा विजयी भएको छ । एमालेलाई २८ र माओवादी केन्द्रलाई १२ स्थानमा सफलता हात लागेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादी १० स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार विजयी भएका छन् ।

राप्रपा ४,नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा २–२ स्थानमा विजयी भएका छन् । राष्ट्रिय जनमोर्चा,नेमकिपा,जनमत पार्टी सबै हालसम्म १/१ स्थानमा विजयी भएका छन् । यसबीच ५ जना स्वतन्त्र उम्मेदवारले संसद प्रवेश गर्ने सुनिश्चितता गरिसकेका छन् ।


बाँकी ४९ स्थानमध्ये एमाले १९ वटामा अगाडि देखिएको छ । नेपाली काँग्रेस १२, माओवादी केन्द्र ६ र जसपाले ४ स्थानको अग्रता कायम राखेका छन् । राप्रपा ३,नागरिक उन्मुक्ति पार्टी १, लोसपा १ र राष्ट्रिय स्वतन्त्र पार्टीको १ स्थानमा अग्रता छ ।

हालसम्म बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना हुन सकेको छैन ।

टिप्पणीहरू