समानुपातिकमा एमालेको अग्रता कायमै,४० हजार मतले काँग्रेस पछाडि

समानुपातिकमा एमालेको अग्रता कायमै,४० हजार मतले काँग्रेस पछाडि

प्रत्यक्ष निर्वाचनको मतगणनामा नेपाली काँग्रेस अगाडि भए पनि आज बिहानसम्म प्रतिनिधि सभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम गरेको छ ।

उसले अहिलेसम्म ९ लाख ३५ हजार ७ सय ६ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नेपाली काँग्रेसले झण्डै ४० हजार कम ल्याएको छ । जसअनुसार ८ लाख ९६ हजार ३ सय ४१ मत छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ५३ हजार १ ल्याउँदा नेकपा माओवादी केन्द्र ४ लाख १६ हजार ८ सय ६७ मत प्राप्त गरेर चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ४२ हजार १५ मत पाएको छ । जनता समाजवादी पार्टीले १ लाख १६ हजार ४ सय ६९,जनमत पार्टीले ६९ हजार ९ सय ८९,नागरिक उन्मुक्ति पार्टीले ६६ हजार ४ सय १०, नेकपा एकीकृत समाजवादीले ६५ हजार ५ सय ५५ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार ३ सय २० मत पाएको जनाइएको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ४ सय २५ मत ल्याएको छ । नेपाली पार्टीले ३० हजार ४ सय २५,राष्ट्रिय जनमोर्चाले २६ हजार २ सय ६१ र मङ्गोल नेशनल अर्गनाइजेसनले १८ हजार ३ सय १८ मत पाएको आयोगले जनाएको छ ।

टिप्पणीहरू