श्रीमती विजयी,श्रीमानको अवस्था पनि प्रगतिउन्मुख

श्रीमती विजयी,श्रीमानको अवस्था पनि प्रगतिउन्मुख

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गरेकी हुन् ।

प्राप्त अन्तिम परिणामअनुसार महतोले ३३ हजार तीन सय ५५ मत र झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन् ।

महतो यस पटक प्रत्यक्ष निर्वाचित भएकी हुन् । यसअघि दुईपटक समानुपातिक सांसद हुँदै मन्त्री बनेकी उनी धनाढ्य उपेन्द्र महतोकी बहिनी हुन् ।

जुलीका श्रीमान तथा एमाले सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट उठेका छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवभन्दा थोरै मतले मात्र अगाडि देखिएका छन् ।

टिप्पणीहरू