मृतकका नाममा सत्तापक्षले मत खसालेको एमालेको आरोप

मृतकका नाममा सत्तापक्षले मत खसालेको एमालेको आरोप

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । आइतवार सम्पन्न मतदानको मतगणना गराउने सम्बन्धमा सर्वदलीय सहमति हुन नसकेको हो । एमालेले त्यहाँका चार वटा मतदान केन्द्रमा सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको,मृतक र विदेशिएका मतदाताको नाममा मतदान गरेको आरोप लगाउँदै आएको छ ।

ती चार वटा बुथमा पुनः मतदान गर्नुपर्ने एमालेको माग छ । सो क्षेत्रको चापाकोटमा रहेका ती बुथमा सत्तापक्षले धाँधली गरेको आरोप लगाइएको हो । एमालेको आरोपमा राप्रपालगायतले समर्थन गरेका छन् ।

उक्त क्षेत्रबाट एमालेकी सचिव पद्माकुमारी अर्याल र सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । राप्रपाको तर्फबाट लालगोपाल अर्याल उठेका छन् । 

स्याङजाको निर्वाचन क्षेत्र नम्बर १ मा भएको मतगणनामा नेपाली काँग्रेसका राजु थापा विजयी भइसकेका छन् । उनले एमालेका नारायणप्रसाद मरासिनीलाई साढे ३ हजारको मतान्तरले पराजित गरेका छन् ।

टिप्पणीहरू