एकीकृत समाजवादीले कटाउला त ‘थ्रेस होल्ड’ ? बहादुर भवनमा के छ चर्चा ?

एकीकृत समाजवादीले कटाउला त ‘थ्रेस होल्ड’ ? बहादुर भवनमा के छ चर्चा ?

प्रत्यक्ष निर्वाचनतर्फको परिणाम आइरहँदा राजनीतिक दलले प्राप्त गरेको समानुपातिक मतको समेत चर्चा हुन थालेको छ । सम्बन्धित दल,नेता तथा कार्यकर्ताले आफ्नो र विपक्षी दलको मतबारे चासो लिनु स्वाभाविक हो । यसमा निर्वाचन आयोगले पनि सुक्ष्म ढंगले विश्लेषण गरिरहेको बताइन्छ ।

आयोगको उच्च तहका कर्मचारीमध्ये कतिपयले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाउन गाह्रो देखिने बताएका छन् । कतिपयले भने उक्त कानुनी व्यवस्था समाजवादीले कटाउने प्रक्षेपण गरेका छन् ।

एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउने मान्यता राख्नेहरु भन्छन्, ‘अहिले जति पनि परिणाम आएको छ ती सबै समाजवादीका उम्मेदवार पराजित भएका वा नउठेका स्थानका हुन् । त्यसैले १० जना उम्मेदवार जितिसकेको पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लाको मत गणना भएपछि बढ्न सक्छ । उसले संघ र प्रदेश गरी ६६ ठाउँमा उम्मेदवारी दिएको छ भने समानुपातिकतर्फ ७७ जिल्लामै भोट कम्तिमा सयदेखि ५ हजारसम्म आउने देखिन्छ ।’

आज अपरान्हसम्म काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतपरिणाम आइसक्ने बताइन्छ । जहाँ समाजवादीको खासै मत देखिँदैन । भक्तपुरको सबै मत गनिसकिएको छ । ललितपुरको पनि आज दिउँसोसम्म मतगणना भइसक्ने बताइएको छ ।

यस्तो अवस्थामा अब एकीकृत समाजवादीले जितेको ठाउँको मतमा भर पर्ने उनीहरुको भनाइ छ ।

टिप्पणीहरू