शुरुदेखिपछाडि परेका गोकुल अन्तमा विजयी

शुरुदेखिपछाडि परेका गोकुल अन्तमा विजयी

एमाले उम्मेदवार गोकुल बाँस्कोटा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । उनले ६ हजार मतान्तरले काँग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गरेका हुन् । प्रदेशतर्फ भने धुलिखेलको नगर क्षेत्रबाट ३ मतले एमाले उम्मेदवारको हार भएको छ । 

बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा हुमागाईंले ३९ हजार ४८२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरेका छन् ।  अघिल्लो पटक २०७४ मा पनि बाँस्कोटा सोही क्षेत्रबाट निर्वाचित भएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका थिए ।

टिप्पणीहरू