समानुपातिकतर्फ नेकपा एसको मत कमजोर,एमाले भने शीर्षस्थानमै

समानुपातिकतर्फ नेकपा एसको मत कमजोर,एमाले भने शीर्षस्थानमै

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङ्गबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको नेकपा एकीकृत समाजवादी पार्टीको नतिजा समानुपातिकतर्फ भने ५ गुणा तल छ । जबकि समाजवादीका उम्मेदवार भानुभक्त जोशी नेकपा एमालेका उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै निर्वाचित भएका छन् । 

जोशी २८ हजार १४३ मतसहित विजयी हुँदा एमालेका महरले २७ हजार १४६ मत प्राप्त गरेका थिए ।  तर,समानुपातिकतर्फ भने समाजवादी न्यून मतका साथ चौथो स्थानमा देखिएको छ । बझाङ्गमा एक लाख २२ हजार ३७६ मतदाता भए पनि जम्मा ९५ हजार ७३५ मत खसेको थियो । 

सोमध्ये कूल ९१ हजार ७०६ मत सदर भएको प्राप्त विवरणमा उल्लेख छ । यता,चार हजार १९ मत बदर भएको छ । समानुपातिकतर्फ नेकपा एमाले २३ हजार ४७४ मतसहित पहिलो स्थानमा छ । नेपाली कांग्रेसले २० हजार ३३१ मत प्राप्त गरेको छ । 

यता,नेकपा माओवादी केन्द्र आठ हजार ५१७ मतसहित तेस्रो स्थानमा छ । एकीकृत समाजवादीले भने पाँच हजार नौ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी एक हजार ३३१ मतसहित बझाङ्गमा अन्तिम स्थानमा छ । 

गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ देशभरबाट नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिकको शुरुवाती गणनादेखि नै ऊ सबैभन्दा अगाडि छ ।

टिप्पणीहरू