आगामी सरकार गठबन्धनकै हुने प्रचण्डको संकेत

आगामी सरकार गठबन्धनकै हुने प्रचण्डको संकेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूबीचको बहस र आन्दोलनले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताउनुभएको छ । आज गोरखामा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद निर्वाचितको प्रमाण पत्र बुझेपछि आयोजित  सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि मुलुक दुर्घटनामा जाने अवस्थामा पुगिसकेको थियो । हाम्रा गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ ।’  

अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि उल्लेख गर्नुभयो । यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू