बढ्यो समानुपातिक मत : एमाले अगाडि, काँग्रेस पछाडि

बढ्यो समानुपातिक मत : एमाले अगाडि, काँग्रेस पछाडि

राजनीतिक दलहरुले प्राप्त गरेको समानुपातिक मतको पछिल्लो विवरण सार्वजनिक भएको छ । निर्वाचन आयोगले ४ बजे गरेको अपडेटअनुसार एमाले नेपाली काँग्रेसभन्दा ६८ हजार मतले अगाडि छ । 

एमालेले १२ लाख ७७ हजार ६१३ र काँग्रेसले १२ लाख ०९ हजार ०६७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ९२ हजार ९२६ ल्याएको छ । माओवादी केन्द्र ५ लाख ५१ हजार ३४० मतका साथ चौथो स्थानमा छ । 

राष्ट्रिय प्रजातन्त्र पार्र्टीले ३ लाख ८ हजार १२६, जनता समाजवादी पार्टीले १ लाख ४८ हजार ५३४ र नेकपा एकीकृत समाजवादी पार्टीले ९९ हजार २८ मत पाएका छन् । 

त्यसैगरी जनमत पार्टीले ८८ हजार ७७७ र नागरिक उन्मुक्ति पार्टीले ८६ हजार ७१९ मत पाएको आयोगले जनाएको छ ।

टिप्पणीहरू